Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि मौसममा सुधार हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आइतबार दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै,राती भने प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि प्रभावित भएको मौसममा आइतबारबाट सुधार हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गत बिहिवारदेखि प्रभावित मौसममा गएरातिदेखि क्रमिक रुपमा सुधार हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि दुई–तीन दिनसमम मौसममा सुधार हुने छ भने आगामी बुधबार– बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएराति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४