Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ महिना नबित्दै शतप्रतिशत वर्षा : मौसम पूर्वानुमान महाशाखा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 2K
    SHARES

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशााले यस वर्ष माघ महिना नबित्दै सतप्रतिशत हिउँदे वर्षा भइसकेको जनाएको छ ।

महाशाखाको तथ्याङक अनुसार माघ नबित्दै ५७ दशमलव १ मिलिमिटर हिउँदे वर्षा भइसकेको हो । यो औसत हिउँदे वर्षाको ९९ दशमलव ७ प्रतिशत हो ।

महाशाखाले डिसेम्बरदेखि फेबु्रअरीसम्मलाई हिउँद मौसम मानेर औसतमा ६० दशमलव ९ मिलिमिटर वर्षा हुने जनाएको छ ।

तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।

गत वर्ष हिउँदमा १५ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यसवर्ष भने अझै हिउँद मौसम बाँकी नै रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय प्रतिशत बढी वर्षा हुने आँकलन गरिएको प्रमुख कँडेलले बताउनुभयो ।

गत वर्ष भन्दा यसवर्ष धेरै वर्षा भए पनि यो नौलो विषय भने नभएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्याङक अनुसार २०६४ देखि पछाडि २०७५ र २०७६ सालमा धेरै हिउँदे वर्षा भएको थियो । २०७५ सालमा १०५ मिलिमिटर र २०७६ सालमा १४२ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो ।

पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण विहीबार रातिदेखि देशभर वर्षा भएको थियो । महाशाखाका अनुसार मौसम आइतबारदेखि सुधार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४