उनले अघि भने, ‘सुधार गर्नुपर्ने कुराहरु मलाई उपलब्ध गराउनुस्, देशको हित नहुने कुरा हामी सहमत हुन जरुरी छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने आश्वासन प्रधानमन्त्रीलाई दिएको उनको आरोप छ । नेता नेपालले भने, ‘हामी त्यस्तो गलत गर्दैनौं । हामीसँग आँट छ, जनताको साथ चाहिन्छ, यो देशको रक्षा गरिन्छ । कुनै पनि (सैन्य) गठबन्धनमा सामेल गरिने छैन ।
सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको, तर आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘नेपालको हित कुठाराघात गर्ने कुनै पनि विषय स्वीकार गर्दैनौं ।
