Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक वर्षको आधा समय बित्दा पनि पुँजीगत खर्चको अवस्था दयनिय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 3.5K
    SHARES

माडौं, । सरकारको कार्यशैलीमा सुधार नहुँदा चालु आर्थिक वर्षको आधा समय वित्दा पनि पुँजीगत खर्चको अवस्था दयनीय छ ।

प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको झण्डै डेढ महिनापछि १६ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले ३ खर्ब ७८ अर्ब पुँजीगत खर्च छुट्याएको थियो ।

त्यसमध्ये अहिलेसम्म जम्मा १५ प्रतिशत अर्थात ५७ अर्ब मात्र खर्च गर्न सकेको छ । यस अवधिमा चालु खर्च भने ४२ प्रतिशत अर्थात ४ खर्ब ४२ अर्ब खर्च भइसकेको छ ।

मुलुकको आर्थिक सूचकांक हेर्दा व्यापार घाटा बढेको, विदेशी मुद्राको संचिति घटेको, भुक्तानी सन्तुलत ऋणत्मक हुनुका साथै बजारमा तरलताको अभाव छ । कर्जा प्रवाह उच्च भए पनि उत्पादन बढेको छैन ।

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न विभिन्न मन्त्रालयलाई ताकेता गर्दै यसलाई संकटको अवस्था मान्न नसकिने तर्क गर्दै आउनु भएको छ । तर अर्थतन्त्रका जानकारहरु भने अर्थमन्त्रालय र राष्ट «बैकबीचको तालमेल नहँुदा समस्या समाधान हुन नसकेको बताउँछन् ।

मन्त्रालय, राष्ट्र बैंक लगायतले माघ अन्तिम सातादेखि पुँजीगत खर्च परिचालनमा सुधार आएर तरलता संकटको अवस्था केही सहज हुँदै जाने दाबी पनि गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४