Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनावपूर्ण बनेको मैत्रीपूर्ण खेल नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडीले पाए रातो कार्ड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.1K
    SHARES

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् । दशरथ रंगशालामा सुजल श्रेष्ठको एक मात्र गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा झरेको मरिससलाई १-० ले हरायो ।

सुजलले खेलको १०औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाए । सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए ।

लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए । मंगलबारको खेलको म्यान अफ दि म्याच चेम्जोङ नै बने ।

पहिलो हाफमै नेपालले थप गोल गर्ने मौका गुमायो । ३६औं मिनेटमा तेज तामाङले करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । यस्तै ३९औं मिनेटमा दर्शन गुरुङले पुजन उपरकोटीको  फ्रिकिकमा हानेको हेडर पोष्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको अन्त्यतिर मरिससले नेपालमाथि दबाव बनाएपनि गोल भने फर्काउन सकेन ।

यसअघि शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले ।

दोस्रो हाफको शुरुमै मुख्य प्रशिक्षक अलमुताइरीले डेब्युटान्ट डिफेण्डर नविन गुरुङ र फरवार्ड आशिष लामाको स्थानमा मनिष डाँगी र विमल घर्ती मगरलाई मैदान पठाएका थिए । त्यसपछि पुजनले डिफेन्समा झरेर खेले ।

दोस्रो हाफमा सुरुवातमै मरिससले नेपालमाथि दबाब बनाएको थियो ।

५२ औं मिनेटमा मरिससका ब्राभिस रासडारिसिङको कर्नरलाई किरणले पन्च गर्दै गोलको खतरा टारेका थिए । तर त्यसमा कास्टल रोडनीले गोल गर्ने अवसर गुमाए ।

६२औं मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्ने अवसर गुमाए । यस्तै ६८औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले पन्च गर्दै बचाए ।

दोस्रो हाफमा तनाव, तीन खेलाडीलाई रातो कार्ड

दोस्रो हाफ तनावपूर्ण बन्दा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलमा तनाव हुनु दुखद भन्दै यसलाई बिर्सनुपर्ने बताए । ‘टेन्सनका लागि दुव‌ै टिमका खेलाडी ५०-५० प्रतिशत जिम्मेवार छन् । गेम सकियो, अब त्यो सबै कुरा बिर्सनुपर्छ । म रेफ्रीको निर्णयको सम्मान गर्छु’ उनले भने ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफूले दुबै खेल जित्ने योजनाअनुसार सफल भएको बताए । ‘आज खेलाडीले नडराई खेले । यस जितबाट फिफा वरियताका लागि १० अंक जोड्न सफल भयौं । यो हाम्रा लागि राम्रो हो’ उनले भने ।

मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले तनाव हुनुमा रेफ्रीको दोष भएको संकेत गरे । यद्यपि उनले रेफ्रीबारे आफू टिप्पणी नगर्ने भन्दै कुटनीतिक जवाफ दिए । ‘यो मैत्रीपूर्ण खेल हो । रेफ्रीको विषयमा बोल्न मन लाग्द‌ैन र मेरो खेलाडीको जिम्मा मैले लिनुपर्छ । मैत्रीपूर्ण खेल भए पनि हरेक टोलीले जित्न चाहन्छ’ उनले भने ।

शनिबार भएको खेलमा आफ्ना खेलाडी केही डराए पनि आजको खेलमा सुधार गरेको प्रशिक्षक फ्रान्कोइसले बताए । ‘हामीले राम्रो फुटबल खेल्यौं, केही अवसर पायौं तर गोल गर्न सकेनौं । हामीलाई जित्ने अवसर थियो तर स्कोर भएन’ उनले भने ।

खेलको अन्तिम समयमा फ्लड लाइटको बत्ती पूरा नबल्दा खेल १० मिनेट रोकिएको थियो ।

त्ययसपछि ८ मिनेटको ईन्जुरी समय थप खेलाइएको थियो । इन्जुरी टाइममा अञ्जन विष्टले पेनाल्टी बक्सबाट गरेको प्रहार मरिससका गोलकिपर मिचेलले बचाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४