काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नु भएको हो ।सूचना केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो ।
उहाँले महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको समेत बताउनु भएको छ ।
उहाँले हेर्दा सानो देखिएपनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । महानगरपालिका भित्रका ७ स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।
ललितपुर महानगरपालिकाले महानगरलाई स्मार्ट सिटी बनाउने गरी विभिन्न काम गर्दै आएको उहाँले बताउनु भयो । स्मार्ट सिटी बनाउनका लागि महानगरले धेरै कामहरु गरेको बताउनु भएको छ ।
तर,महानगरले सबै काम एकै पटक गर्न नसक्दैन बताउदै उहाँले विस्तारै महानगरलाई स्मार्ट सिटी बनाउने गरी काम गर्दै जाने महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको तर्क छ ।
ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।