Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अचम्मको माछा, जसले मरुभूमिमा पनि बाँच्न सिकेको छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 3.3K
    SHARES

एजेन्सी । माछा धेरै पानी भएको ठाउँमा बस्छ । तर अष्ट्रेलियाको मरुभूमिमा एउटा माछा छ त्यो मरुभूमिमा बस्नका लागि प्रसिद्ध छ ।
अष्ट्रेलियाको मरुभूमिमा पाइने त्यो माछाको नाम डेजर्ट रेन्बो हो । बैज्ञानिक भाषामा यसलाईं मेलानोटेनिया स्प्लेडिडा टेटेई भनिन्छ । कुनै पनि जलीय जीवलाई बाँच्नको लागि मरुभूमिमा निकै कठिन हुन्छ । तर यो माछाले मरुभूमिमा कठिन अवस्थामा पनि बाँच्न सिकेको छ । यो माछाबारे वैज्ञानिकहरु पनि आश्चर्यमा परेका छन् । डेजर्ट रेन्बो अष्ट्रलियाको मरुभुमि नजिकै एउटा सानो सफा पानीको स्रोतमा बस्दै आएको छ ।

भर्खरै भएको एक अनुसन्धानमा बैज्ञानिकहरुले यो माछा त्यो परिस्थीतिमा कसरी बस्छ भनेर पत्ता लगाउने कोसिस गरेका छन् । यो माछा जुन मरुभूमिमा बस्छ त्यहाँ धेरै वर्षदेखि पानी परेको छैन भने त्यहाँ पूरै सुख्खा ठाउँ छ । यो ठाउँमा पिउँने पानीको स्रोत कहि कहि मात्रै छ । त्यो मरुभूमि नजिक धोरै मानिसको बस्ती छ ।

यो माछा करिब ४ इन्च लामो हुने गर्दछ । यसले गर्मीमा आफू कसरी बाँच्न सकिन्छ भनेर संघर्ष गरिरहेको छ । यसबारे अध्ययन गरिरहेका फ्लिडर्स विश्वविद्यालयका प्रोफेसर लुलियानो बेरेगेरे र उनको टिमले माछाबारेको आफ्नो रिर्पोट फिस आउट अफ वाटर भन्ने शीर्षकमा एउटा जर्नलमा प्रकाशित गरेका छन् । जेनेटिक्सको हिसाबले यो माछामा जम्मा आठ ओटा जिन पाइन्छ । जसले विपरित परिस्थिति अर्थात कम पानी भएको ठाउँमा पनि बाँच्नका लागि क्षमता प्रदान गर्दछ ।

यो माछाको आयू भने निकै कम हुने गरेको अनुसन्धानले देखाएको छ । तर कतिसम्म बाँच्न सक्छ भन्ने खुलाइएको छैन । डेजर्ट रेन्बोले प्रसस्त पानी भएमा सो स्थानमा प्रजनन गर्छन् भने पानी कम भएको खण्डमा यीनिहरु प्रजननको लागि अलग– अलग स्थानमा घुम्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४