Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तालिबान सत्तामा आएपछि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत १ सय बढीको गैरन्यायिक हत्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 3.1K
    SHARES

एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा आवद्ध १ सय बढीको हत्या भएको खुलेको छ ।

संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उनीहरूको गैरन्यायिक तवरले हत्या गरेको जनाइएको छ ।मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गरेको प्रतिवेदनमा दुई तिहाइ बढी पीडितहरूलाई तालिवानले गैरन्यायिक रूपमा मारिएको जानकारी गराउनुभयो ।

सामान्य माफीको घोषणा बावजुद तालिबानले हत्या, बलपूर्वक बेपत्ता र अमानवीय कार्य गरेको प्रतिबेदनमा औंल्याइएको छ ।

तालिबानले सुरुमा पूर्व सरकार र अन्तर्राष्ट्रिय सेनासँग सम्बन्धित व्यक्तिलाई सामान्य माफी दिने, महिला तथा जातीय अल्पसंख्यकहरूप्रति सहिष्णुता र समावेशीता दिने प्रतिबद्धता जाहेर गरेको थियो ।

यद्यपि, महिलाहरूमाथि नयाँ प्रतिवन्ध लागू गरेको छ । जसको फलस्वरुप अन्तराष्ट्रिय समुदायबाट तालिबानले विभिन्न प्रतिबन्धको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४