Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका र रुसबीच टकराव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । अमेरिका र रुसबीच युक्रेनको विषयमा सुरक्षा परिषदमा ब्यापक रुपमा विवाद भएको छ ।

सुरक्षा परिषद्को हालै बसेको बैठकमा अमेरिकाले रुसलाई सैन्य द्वन्द निम्त्याउन अघि सरेको भन्दै युद्धको चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनमाथिको रुसी आक्रमणले विश्व जगतलाई सुरक्षा खतरा हुन सक्ने चेतावनी दिएका छन् ।

रुसको पछिल्लो कदम शान्ति र सुरक्षाको लागि खतराको संकेत भएको बताउँदै ग्रीनफिल्डले सो विषयमा गम्भीर भएर सोच्न रुसलाई सुझाव दिनु भएको हो ।

यता संयुक्त राष्ट्रसंघका लागि रुसका राजदुत भासिली नेबेन्ज्याले भने अमेरिकाले रुसमाथि अनाहकमा आरोप लगाएको बताएका छन् ।

युक्रेनमाथि आक्रमण गर्ने रुसको योजना नरहेको भन्दाभन्दै पनि बारम्बार सोही विषय उठान गर्नुले अमेरिका युद्धको पक्षमा रहेको उहाँको आरोप छ ।

रुसले हाल युक्रेन नजिकको सीमामा हजारौं सेना तैनाथ गर्नुका साथै आक्रमणको तयारी समेत गरिहेको बताइएको छ । तर रुसले भने आक्रमणको योजना नरहेको दावी गर्दै आएको छ ।

रुसले युक्रेन एटलान्टिक सहयोग संगठन नेटोमा आवद्ध भएकोमा क्रुद बनेको रुसले नेटोमा भएको आवद्धताको घोर बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४