Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्सेमा साढें १३ अंकको गिरावट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साढें १३ अंकले गिरावट आएको छ ।

आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ । अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ ।

तर, विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा ओरालो लागेपनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन ।

त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य घटेको छ । सोमबार कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४