Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से परिसूचक १०५ अंकले बढ्यो, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ ।

अघिल्लो साता लागातार घटेको शेयर बजार आइतबार भने सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको समाचार पछि बढेको अनुमान गरिएको छ । कारोबार रकम पनि आइतबार ६ अर्ब नाघ्यो । १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन । बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४