Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ वर्षपछि चीनले अन्तरिक्षमा पर्यटक लैजादै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 6.4K
    SHARES

एजेन्सी । अबको तीन वर्षपछि मानिसहरू चिनियाँ रकेटमा बसेर अन्तरिक्षमा पुग्न सक्नेछन् ।

चीनले सन् २०२५ मा सर्वसाधारणलाई अन्तरिक्षमा लैजाने गरी पखेटा भएका रकेटहरु बनाउँदैछ । चीनले अन्तरिक्ष विमान विकास कार्यक्रम अन्तर्गत धमाधम पखेटा भएको रकेट निर्माण गरिरहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशन चीनको मुख्य अन्तरिक्ष ठेकेदार कम्पनी हो । उसकै मातहतमा पर्यटक तथा सर्वसाधारण यात्रुलाई अन्तरिक्षमा लैजाने गरी रकेटहरु बनिरहेका छन् । यो रकेटको यात्रा विश्वका अन्य रकेटहरू भन्दा सस्तो हुने पनि कम्पनीको दाबी छ ।

यो रकेट सामान्य विमान भन्दा छिटो उड्नेछ भने रकेट पूर्ण रूपमा पुनः प्रयोगयोग्य हुनेछ । यो रकेट चीनबाट उड्नेछ र अन्तरिक्ष हुँदै सिधै संयुक्त अरव इमिरेट्स (युएइ)को दुबईमा अवतरण गर्नेछ । पहिलो परीक्षण उडान सन् २०२४ मा हुनेछ भने पहिलो चालक दलको उडान सन् २०२५ देखि सुरु हुनेछ ।

विश्वभर अन्तरिक्ष पर्यटन परियोजनाहरू भइरहेका बेला चीनले पनि अन्तरिक्षमा जान चाहनेलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउन लागेको हो । गत असोजमा अमेरिकाको स्पेसएक्स कम्पनीले ४ जना यात्रु अन्तरिक्षमा लगेको थियो । तर एकजनालाई अन्तरिक्षमा पुग्न कति खर्च लाग्ने भन्ने कुरा चिनियाँ कम्पनीले खुलाएको छैन । तर यात्रु लैजानका लागि निकै मेहनतका साथ काम गरिरहेको चिनियाँ कम्पनीको दाबी छ । ४ जना अमेरिकीले भने २ करोड डलर खर्च गरेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४