Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलको चेतावनी- गठबन्धनको औचित्यमा प्रश्न उठ्नसक्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १५ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा नेता पौडेलले उक्त चेतावनी दिएका हुन् । संसद नचलेको, सर्वोच्च अदालतमा गतिरोध कायमै रहेको बेला व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयास भैरहेको भन्दै पौडेलले सो धारणा राखेको बैठक स्रोतले बतायो ।

संसदबाट एउटा कानून पनि पास गराउन सक्ने अवस्थामा सरकार नरहेको भन्दै उनले भने, ‘अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भैरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’

  • निर्वाचनबारे सहमति जुटेन, अपराह्न फेरि बैठक बस्ने

काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४