Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“लिखित फाइलको ढड्डाको बेहाल छ, अब डिजिटलाइजेशन गर्छौं”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।

मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइनमा परिणत गर्नुपर्ने बताए। उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताए।

उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए।

‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरु हेर्‍यौं, बेहाल छ । मन्त्री दाहालले भने, ‘त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । हामी त्यो विधि बनाउँदैछौँ । हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन । प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ ।

उनले यातायात कार्यालयमा बिचौलियाहरुका कारण इमान्दार कर्मचारीहरुले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए । उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।

‘यो ढड्डा अहिले जुन रुपमा रहेको छ । यसले भोलि यही रुपमा रहे सबैलाई अफ्ठ्यारो बनाउँछ । त्यसैले सिस्टम नै नयाँ बनाएर जाउँ । जस्तो यहाँ क्यास लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ ।’ उनले भने, ‘क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ । १-२ जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरुले दोष पाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४