Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए ।

नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो कार्डको सामना गरे पनि भिएआरले उल्टाइदिएको थियो । रातो कार्डको निर्णय उल्टिएपछि इक्वेडरले पेनाल्टीको अवसर गुमायो ।

यद्यपि खेलमा दुवै टिमका एक-एक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेलको १५औं मिनेटमा इक्वेडरका गोलकिपर एलेजेन्डर डोमिनग्वेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको पाँच मिनेटपछि नै ब्राजिलका इमरसन रोयल पनि दोहोरो पहेँलो (रातो) कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिएको थिए ।

ब्राजिलयन गोलकिपर एलिसनलाई रेफ्री विल्मार रोल्डनले खेलको १९औं र ९०औं मिनेटमा रातो कार्ड देखाए पनि भिएआरले उल्टाइदियो । ९०औं मिनेटमा एलिसनले दोस्रो पटक रातो कार्ड पाउँदा इक्वेडरले पेनाल्टीको अवसर पनि पाएको थियो तर भिएआरले एलिसनको रातो कार्डको निर्णय उल्टाउँदा इक्वेडर पनि पेनाल्टीबाट बन्चित भयो र ब्राजिल सम्भावित हारबाट जोगिएको थियो ।

यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

ब्राजिलसंगै अर्जेन्टिना पनि यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।

छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४