Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्युवामा सात सय बढीलाई मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १३ २०७८
  • 2K
    SHARES

काठमाडौं । शान्ति सुरक्षा बिथोलेर राष्ट्रघाती काम गरेको आरोपमा क्युवामा सात सय भन्दा बढीलाई मुद्दा दायर गरिएको छ ।

गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने उनीहरुलाई सार्वजनिक प्रशासन कार्यालले मुद्दा दायर गरेको हो ।

यसअघि पनि यही विषयलाई लिएर १७२ जनालाई मुद्दा चलाएर सजाय तोकिएको थियो ।

यता, मानव अधिकारवादी अभियन्ताहरूले भने मुद्दा पक्षपातपूर्ण भएको भन्दै आलोचना गरेका छन् । मुद्दा दायर गरिएकाहरू ५५ देखि १६ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दसकौंपछि भएको क्युवाको सबैभन्दा ठूलो विरोध प्रदर्शनको क्रममा सयौं सर्वसाधारण पक्राउ परेका थिए ।

गत वर्षको जुलाईमा कम्युनिस्ट टापु राष्ट्र क्युवामा खाद्यान्न तथा औषधिको अभाव, मूल्युवृद्धि र कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भएको सरकारी प्रयास प्रति असन्तुष्टि जनाउँदै हजारौं जनताले सडक प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४