Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १३ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ ।

पछिल्लो समय भिजिट भिसा प्रयोग गरी दुबईलगायत मुलुकमा पुगेर अलपत्र पर्नेको संख्या बढेसँगै भिजिट भिसाको मापदण्ड बनाउन लागिएको हो ।

वास्तविक स्थितिको विश्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई मापदण्ड बनाउने जिम्मा दिइएको छ ।

समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउने सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न क्षेत्राधिकार तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४