Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन् मतदान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १२ २०७८
  • 1.9K
    SHARES

जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उनले बताए ।

प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिएका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् ।

निर्वाचन स्म्पन्न भएपछि ३:३० बजेबाट मतगणनाको प्रकृया शुरु गरिने निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४