Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण बढेसँगै देशभरका चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा बढी संक्रमित, अस्पतालका सेवा प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १० २०७८
  • 2.3K
    SHARES

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप धेरै बढेको छैन् । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ ।

काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेको छ । संक्रमण दर अझै बढ्ने हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन् ।

विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा भने बाहिरका बिरामी भन्दा आफ्नै कर्मचारी संक्रमित भएकाले सेवा प्रभावित हुन थालेका छन् । आठ महिना अघि कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो । अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको चिकित्सकहरुको भनाइ छ ।

एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा कोभिड, नन् कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुन थालेको हो । सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाउनुका साथै उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४