Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ ।

अर्थात् निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव हुने सम्भावना कम छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्छन्, ‘वैशाखमा चुनाव गर्न त तयारी नै भएको छैन ।

उनका अनुसार २०७४ वैशाख २९ र असार १४ को निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल लम्ब्याएर तीनै तहको निर्वाचन मंसीरमा हुनसक्छ ।

प्रस्तुत छ, बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकपछि अध्यक्ष नेपालसँग जन न्यूज नेपाल खबर प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

पाँचदलीय गठबन्धनको बैठकमा केके कुरा भयो ?

प्रतिनिधिसभामा देखिएको समस्याबारे छलफल केन्द्रित रह्यो । संसदलाई नै भंग गर्ने, संसदविहीन बनाउने काममा स्वयम् प्रमुख प्रतिपक्षी लागिपरेको छ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्रप्रति श्रद्धा छैन, संविधानप्रति निष्ठा छैन, संसदप्रति कुनै प्रतिबद्धता पनि छैन । नेपालको राजनीतिमा केपी ओली निकै खतरनाक शक्तिको रुपमा देखा परेका छन् । मुलुकको संसदीय राजनीतिमा यस्तो खतरनाक र नकारात्मक शक्ति हावी भएको छ, यसको विरुद्धमा मिलेर जानुपर्छ भन्नेमा सबैको सहमति रह्यो ।

उसोभए सत्ता गठबन्धनको बैठकमा प्रतिपक्षीको आलोचना गरेर बस्नुभयो ?

त्यति मात्रै होइन । समस्या त्यहाँनिर छ भनेपछि समाधानका कुरा पनि भए । विशेषगरी प्रतिनिधिसभा चुनावका विषयमा केन्द्रित रह्यौं । स्थानीय तहको चुनाव पछि सारेर तीनै तहको चुनाव एउटै मितिमा गर्नुपर्छ भन्ने प्रस्तावमा सबै दलहरुबीच मोटामोटी सहमति भयो । तर ठोस निर्णय गर्न कानूनी परामर्श गर्ने कुरा भयो ।

तीनै तहको चुनाव एकैचोटि किन गर्नुपर्छ भनिरहनुभएको हो ?

किन नगर्ने ? नत्र त सधैंभरिका लागि समस्या आउनेभयो । त्यसमाथि अहिले पहिले केन्द्रको चुनाव नै महत्वपूर्ण हो । देशको राजनीतिलाई ठीक बाटोमा लैजाने भनेको केन्द्र हो ।

तीनै तहको चुनाव वैशाख जेठमा गर्ने कि मंसीर पुसमा त ?

वैशाख जेठमा त सम्भव नै हुँदैन । किनभने पहिले स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । वैशाख ३१, असार १४ र असोज २ । मतगणना गर्दा असोजको आधाआधी पुगेको थियो । त्यही सेरोफेरोलाई आधार मान्नुपर्छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल सकिएको ६ महीनाभित्र चुनाव सम्पन्न गरिसक्नुपर्छ भन्ने छ । हामी त संविधान अनुरुप अघि बढ्नुपर्छ नि ! बैठकमा पनि संविधानअनुरुप नै गर्नुपर्छ भन्नेमा सबैको जोड रह्यो ।

त्यो हुँदा स्थानीय तहको चुनाव मंसीरतिर सार्ने हुनुभयो ?

हो हो । तीन वटै तहको चुनाव एकैचोटि गर्ने ।

स्थानीय तह जनप्रतिनिधिविहीन हुने, संवैधानिक रिक्तता आउने कुरा पनि छ नि ?

देशको राजनीति ठीक ठाउँमा ल्याउन प्रतिनिधिसभालाई नै केन्द्रमा राख्नुपर्छ । देशको समस्याको बारेमा छलफल गर्ने ठाउँ प्रतिनिधिसभा हो ।

प्रतिपक्षीले वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्छ भनेको छ, कसरी मनाउनुहुन्छ ?

के मनाउनु ? सबैतिरबाट एक्लिएको छ । जनताले पनि दक्षिणपन्थी, संविधान र संसद विरोधी शक्ति हुन् भनेर चिनेका छन् ।

तपाईंहरुलाई समयमै चुनाव गर्न नसकेको आरोप लाग्ला नि ?

वैशाखमा चुनाव हुनेको अवधि बढ्छ नि त । यहाँ के अप्ठ्यारो छ र ?

अहिलेसम्म तपाईंहरुको छलफलका आधारमा भन्दा वैशाखमा स्थानीय तहको चुनाव नहुने निश्चित भएको हो त ?

त्यो त हो नै । वैशाखमा चुनाव गर्न त अहिलेसम्म केही तयारी पनि भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४