Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरेलु विधिबाट कसरी हटाउने डार्क सर्कल ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 3.3K
    SHARES

काठमाडाैं । धेरै जनालाई आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलले सताउने गर्छ । किशोरावस्थादेखि नै विभिन्न कारणले यस्तो समस्या देखिने गर्छ । पढाइ, कामजस्ता कुराको तनाव, कम निद्रा, कम पानी पिउनु, हार्मोनमा परिवर्तन र अनियमित जीवनशैलीले डार्क सर्कल बस्छ । त्यसबाहेक वंशाणुगत कारण पनि डार्क सर्कल बस्न सक्छ ।

तर डार्क सर्कल भयो भन्दैमा आत्तिहाल्नुपर्दैन । घरेलु तरिका अपनाएर पनि यसबाट छुटकारा पाउन सकिन्छ ।

टी ब्यागको प्रयोग

टी ब्यागको प्रयोगले पनि डार्क सर्कल जान्छ । चिया खाइसकेपछि टी ब्यागलाई निकालेर फ्रिजमा राख्न सकिन्छ । जब चिसो हुन्छ, तब आँखावरपर राख्दा विस्तारै डार्क सर्कल हराउँदै जान्छ ।

आलुको रस

आलुले डार्क सर्कल कम गर्न पनि मद्दत गर्छ । आलुलाई पिसेर सकेसम्म आलुको रस निकाल्नुपर्छ । अलिकति कपास लिएर आलुको रसमा पूरै भिजाएर आँखामा राख्नुपर्छ । लगातार यही प्रक्रिया बारम्बार दोहोर्‍याउँदा यसको प्रभाव देखिन्छ ।

आइस

आइसलाई आँखाको वरपर राख्दा पनि डार्क सर्कल कम हुन्छ । त्यसमा भएको चिसोपनले डार्क सर्कल कम गर्न मद्दत गर्छ ।

काँक्रा

ब्युटी पार्लरमा काँक्राको टुक्रा मानिसको आँखामा राखिएको धेरैले देखेका छौं । यो फेसनको लागि मात्र राखिएको हुँदैन । यसले आँखालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । यसका लागि काँक्रालाई आधा घण्टासम्म फ्रिजमा राख्नुपर्छ र त्यसपछि त्यसका टुक्राहरू काटेर आँखामा राख्नुपर्छ ।

यी स्लाइसहरू आँखामा १० मिनेटसम्म राख्नुपर्छ र त्यसपछि आँखा धुनुपर्छ । तपाईंले ताजा महसुस गर्नुहुनेछ र डार्क सर्कल केही दिनमा कम हुन थाल्नेछ ।

डार्क सर्कल जस्तै ब्ल्याकहेड्स पनि अनुहारमा देखिने आम समस्या हो । यो १८ वर्षको उमेर देखि ५० वर्षभन्दा माथि उमेरसमूह पनि देखा पर्छ । घामको किरणको प्रभाव, प्रदूषण, अवस्थ खानपानका कारण ब्ल्याक हिट्स आउने गर्छ । यसले पनि अनुहारको चमक कम भइरहेको हुन्छ । तर अनुहारमा ब्ल्याक हिट्स देखिएको छ भने चिन्ता लिन पर्दैन । घरको भान्सामा पाइने सामग्रीको प्रयोगबाट यसबाट छुटकारा पाउन सकिन्छ ।

नुन र चिनीको स्क्रब

नुन र चिनीले स्क्रब गर्दा पनि ब्ल्याक हेड्स जान्छ । नुन र चिनी मिसाएर अनुहारमा लगाएर स्क्रब गरेमा ब्ल्याक हेड्स हट्दै जान्छ ।

बे्रकिङ सोडा

ब्ल्याकहेड्स हटाउन बेकिङ सोडा राम्रो उपाय हुन सक्छ । यसले अनुहारको फोहोरमैला राम्ररी हटाइदिन्छ । साथै सूक्ष्म प्वालमा जमेको मैला समेत यसले हटाइदिन्छ ।

कागतीको रस

कागतीको रस दाग–धब्बा हटाउन निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतीमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।

दालचिनी

हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचिनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चीज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग जरुरी

हाम्रो अनुहारको छालाको लागि नभई नहुने कुरा हो सनस्क्रिन । यो बच्चादेखि वृद्धासम्मले लगाउन जरुरी छ । यसले छालालाई डढ्न दिंदैन । हातको तीनवटा औंलामा क्रिम लिएर अनुहारमा लगाउने गर्नुपर्छ । सनस्क्रिन लगाउनुअघि मोइस्चराइजर लगाउनुपर्छ ।

घर बस्दा सनप्रोटेक्सन फ्याक्टर (एसपीएफ) ३० भएको सनस्क्रिन लगाउन सकिन्छ । घरबाहिर भएको बेलामा एसपीएफ ५० देखि माथि लगाउँदा ठीक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४