Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 4.6K
    SHARES

 काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् ।

आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन । आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनाेट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।

अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् । यस्तै दुई नयाँ टिम लखनउ र अहमदाबादले तीन/तीन खेलाडी छनोट गरेका छन् ।

अहिलेसम्म १० टिमले गरेर कुल ३३ खेलाडी रिटेन भएका छन् । अब बाँकी खेलाडी अक्सनमार्फत छनोट गरिनेछ । यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् । डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन,  श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् ।

अक्सनका लागि भारत बाहेक अष्ट्रेलियाबाट सबैभन्दा धेरै ५९ खेलाडीले नाम समावेश गरेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट ४८ र वेष्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबियाबाट, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एक/एक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४