Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 4.4K
    SHARES

शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो लगातार जित हो । आर्मीले अहिलेसम्म ४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ ।

 संकटा १४ अंकसहित चौथो स्थानमा छ र संकटाले आजै थ्रीस्टारसंग खेल्दैछ । ८ खेलबाट साविक विजेता मछिन्द्र एफसी २० अंक जोडेर शीर्ष स्थानमा छ ।

नवौं चरणसम्म पनि जितविहीन रहेको फ्रेण्ड्सलाई यो हारले रेलिगेसनको मुख्य दाबेदार बनाएको छ । अब चार खेल खेल्न बाँकी हुँदा फ्रेण्ड्स जम्मा ३ अंकसहित १४ क्लब सहभागी लिगमा पूछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले बायाँ भागबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै २-० को अग्रता बनायो । तर दोस्रो हाफको शुरुमै डिफेण्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेण्ड्सका लागि गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपछि ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज जित हात पार्‍यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४