Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 7.1K
    SHARES

काठमाडौं, । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

विकास तथा प्रविधि समितिले आयोजनाले अस्थायीरुपमा खानेपानी पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।

बैठकले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो ।

यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ । नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले बाढीका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकाले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४