Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१४औं आईपीएल पनि भारतमा हुने सम्भावना कम, विकल्पमा साउथ अफ्रिका र श्रीलंका


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 2.5K
    SHARES

एजेन्सी । कोरोनाको तेस्रो लहर ओमिक्रोनको संक्रमण तीव्र भएसँगै संसारकाे सबैभन्दा महंगाे क्रिकेट लिग १४औं संस्करणको इंडियन प्रिमियर लिग ‘आईपीएल’ भारतमा हुने सम्भावना कम हुँदै गएको छ ।

कोरोना संक्रमणको तीव्र गति आगामी अप्रिलसम्म जारी रहे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी आईपीएल श्रीलंका वा साउथ अफ्रिकामा गर्नसक्ने देखिएको छ ।

कोरोना संक्रमण बढेसँगै गत वर्षको आईपीएल पनि युएईमा भएको थियो । पहिलो आधा हिस्सा भारतमा गरिएको गत वर्षको आईपीएलको बाँकी आधा खेल भने युएईमा खेलाइएको थियो ।

टी–ट्वान्टी विश्वकप क्रिकेटको आयोजना पनि भारतमा नै हुने तय भएको थियो । तर, कोरोना संक्रमणकै कारण भारतमा प्रतियोगिता आयोजना हुन सकेन । यसको आयोजना पनि युएईमै भएको थियो ।

बीसीसीआईले आफूहरु सधैं युएईको मात्र भरमा बस्न नहुने भन्दै श्रीलंका र साउथ अफ्रिकामा आगामी खेलको आयोजना हुनसक्ने जनाएको छ ।

‘हामी सधैं युएईको भर परेर हुँदैन,’ त्यहाँका एक अधिकारीले भने, ‘अप्रिलसम्म भारतमा कोरोनाको संक्रमण कम भएमा भारतमा नै गर्छौं, नभए श्रीलंका वा साउथ अफ्रिकामा हुनसक्छ ।’

साउथ अफ्रिका र भारतको समयमा तीन घण्टा ३० मिनेटको फरक छ । साउथ अफ्रिकामा साँझ ५ बजे खेल सुरु गर्दा भारतमा साढे ८ बज्ने भएकाले त्यसले खासै असर नगर्ने बीसीसीआईका अधिकारीको बुझाइ छ ।

यसअघि अफ्रिकामा भएको खेलमा त्यहाँको व्यवस्थापनले एकदमै चुस्त काम गरेकाले बीसीसीआई साउथ अफ्रिकासँग सन्तुष्ट छ ।

यता, श्रीलंका र भारतको एउटै समय भएकाले त्यहाँ प्रतियोगिता गर्न समस्या नहुने बीसीसीआईको बुझाइ छ । श्रीलंकामा अहिले जारी लंका प्रिमियर लिग पनि श्रीलंकाको क्रिकेट बोर्डले शानदार ढंगले सञ्चालन गरिरहेको छ ।

२०२२ मा हुने आईपीएलमा १० टीमले भाग लिँदैछन् । यसअघि ८ टीमले मात्र भाग लिइरहेको प्रतियोगितामा यसपटकदेखि अहमदाबाद र लखनऊको टीम थपिएका हुन् । दुई टीम थपिएसँगै यसपटक वृहद् अक्सन हुनेछ । अक्सन फ्रेब्रुअरीमा हुने बीसीसीआईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४