Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । मंगलर दोहोरो अंकले बढेको सेयर बजार कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले नै घटेको छ ।

यसदिन सेयर बजार परिसूचक नेप्से ३०.५१ अंकले घटेर २८ सय ३ विन्दुमा थामिएको छ । ठूला कम्पनीहरूको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले घटेर ५ सय २२ विन्दुमा झरेको छ ।

बुधबार व्यापार, उत्पादन र लगानी बाहेकका सबै उपसूचक समूहहरू राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

यसदिन चार कम्पनी कर्पोरेट विकास बैंक, निफ्रा इन्फस्टक्टर बैंक, नारायणी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट लागेर सबैभन्दा बढी कमाए भने युनियन हाइड्रो, जोशी हाडड्रो र हिमालयन उर्जाका लगानीकर्ताले बढी गुमाए ।

बुधबार २ सय २९ कम्पनीको कारोबार भएको सेयर बजारमा १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४