Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पृथ्वीनारायण शाहलाई उनका सन्ततिका कामको आधारमा मूल्यांकन गर्नुहुँदैन : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सन्ततिहरुले गरेको कामको आधारमा पृथ्वीनारायण शाहको मूल्यांकन गर्न नहुने बताएका छन् ।

मंगलबार पृथ्वीजयन्तीको दिन फेसबुक मार्फत थापाले पृथ्वीनारायण शाहकै कारण नेपालको अहिलेको भौगोलिक इकाइ प्राप्त भएको भन्दै उनलाई राष्ट्र निर्माणको पहिलो चरणको कर्ता भनेका छन् ।

‘पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ’ महामन्त्री थापाले लेखेका छन् ।

पृथ्वीनारायण शाहको अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको भन्दै उनले राष्ट्र निर्माणको पहिलो चरण भौगोलिक एकीकरण नै भएको बताए । ‘भौगोलिक एकीकरणपश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्’ थापाले भनेका छन् ।

उनले अहिलेका घटनाक्रमबाट पृथ्वीनारायण शाहलाई मूल्यांकन गर्नु न्यायसंगत नहुने पनि बताए । ‘हामीले कहिलेकाहीं तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ’ थापाले भनेका छन्, ‘त्यसैले त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङ्कन गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४