Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआरएनमा सहमति, फेब्रुअरी ८ मा निर्वाचन गर्न सबै पक्ष सहमति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 2.1K
    SHARES

लण्डन । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ ।

निर्वाचन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै संस्थापन पक्षसँग असुन्ष्ट भएको समूह पनि अहिले छिट्टै महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका ल्याउन सहमतिमा पुगेको छ।

विवाद नसुल्झिएपछि यसअघि संघका अध्यक्ष कुमार पन्तले सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्नका लागि भनेर एक पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेका थिए ।

विवाद समाधान समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरीराज जोशी, प्रवक्ता डिबी क्षेत्री र नारायण थापा थिए ।

जसअनुसार विवाद समाधान समितिका सदस्यबीच समयमै निर्वाचन गराउन सात बुँदै शर्तसहित सहमति जुटेको हो । जसमा कुल आचार्यको तर्फबाट यादव पण्डितले हस्तारक्षर गरेका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको भूमिका निर्वाह गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको छ। सहमति अनुरुप संघको निर्वाचन आगामी ८ र ९ फेब्रुअरीमा गर्ने कार्यतालिका तय भएको छ ।

सहमति पत्रमा सहमतिकर्ताको तर्फबाट संघका अध्यक्ष कुमार पन्त, अध्यक्षका प्रत्यासी डा. बद्री केसी र रवीना थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४