Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीएम कप क्रिकेट : पुलिसको २ रनको रोमाञ्चक जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ ।

दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो ।

पुलिसका आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरेपछि ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै यसै सिजनदेखि पुलिसबाट खेलेका करण केसीले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे । यस्तै आरिफ शेखले १० रन बनाए । गुल्शन झा ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३-३ तथा शेर मल्लले २ विकेट लिए । आदित्यले ३ ओभरमा ९ र नारायणले ४ ओभरमा १८ रन खर्चेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४