Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीएम कप क्रिकेट : जितेन्द्रको घातक बलिङमा आर्मीको विजयी सुरुआत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 4.7K
    SHARES

 काठमाडौं । फास्ट बलर जितेन्द्र मुखियाले घातक बलिङ गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । जितपछि समूह ‘ए’ मा आर्मीले २ अंक जोडेको छ ।

जितेन्द्रसहित आर्मीका बलरहरुले धारिलो बलिङ गरेपछि ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमै ५३ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ र कप्तान रविन्द्र शाहीले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीलाई अलआउट गर्न आर्मीमा जितेन्द्रले ४ ओभर बलिङ गर्दै १५ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । यस्तै शाहब आअलमले १.४ ओभरमा ३ रन मात्र खर्चेर २ विकेट लिए । सुशन भारीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र विक्रम सोबले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १७ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा सर्वाधिक २९ रन बनाए । यस्तै हरि चौहानले २० तथा रोहित पौडेल र कुशल मल्लले समान १० रन बनाए ।

बलिङमा कर्णालीका प्रकाश जैसीले ३ तथा अनुज चनाराले २ विकेट लिए । यस्तै दिनेश अधिकारी, कप्तान रविन्द्र शाही र राज शाहले समान १ विकेट लिए ।

आर्मीले अब मंगलबार दोस्रो खेलमा नेपाल पुलिससँग खेल्नेछ भने कर्णालीले प्रदेश १ सँग मंगलबारै खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४