Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकै दिन डेढ लाखभन्दा बढीमा देखियो कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 7K
    SHARES

काठमाडौं । भारतमा एकै दिन डेढ लाखभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण भएको छ । तेस्रो लहर सुरु भएसँगै भारतमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार जनाभन्दा बढीमा नयाँ संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा ४० हजार ८६३ जना संक्रमणमुक्त हुँदा ३२७ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतको २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको पनि जनाइएको छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा छन् । हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ ।

संक्रमित बढ्न थालेपछि कतिपय राज्यले कडाई गर्न थालेका छन् । दिल्ली र कर्नाटकमा शनिबार र आइतबार कर्फ्यू नै लगाइएको छ । तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४