Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापति यसैगरी अघि बढे पार्टी दुर्घटनामा पर्छ : शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुशी गर्न खोजेको आरोप लगाउदै यसरी नै एकलौटी हिसाबले अगाडी बढेमा पार्टीले आगामी चुनावमा हार व्यहोर्ने बताएका छन् । सुनसरीको इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले पार्टीको विधानलाई आफुखुशी प्रयोग गरेर केन्द्रीय सदस्य मनोनित गरेको आरोप लगाएका छन् ।

‘जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्‍यो, देखिने गरी हुनुपर्‍यो, न्यायसंगत हुनुपर्‍यो’ उनले भने, ‘उहाँले विधानलाई टेकेर हिँड्नुभएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ, कार्यसमितिमा ल्याउनुभएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चाहिँ हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।’

सभापति देउवा आफुखुशी अघि बढे पार्टी दुर्घटनामा जाने भन्दै कोइरालाले भने, ‘दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ?’ कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे फैलिएको भ्रम चिर्न संसदमा छलफल गर्नुपर्ने बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले दुवै लाग्नुपर्ने पनि बताए ।

न्यायपालिकाको समस्या समाधानका लागि दबाव दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४