Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा अवार्डको अन्तिम मनोनयनमा परेका खेलाडीको नामावली सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह परेका हुन् । वर्ष खेलाडी महिलातर्फ भने अस्ट्रेलियन साम केर, स्पेनकी जेनिफर हेर्मोसो र स्पेनकै एलेक्सिया पुटेलास परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल परेका छन् भने महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

यस्तै, वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा अनोनितको अन्तिम सूचीमा परेका छन। त्यस्तै, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् ।

अवार्डका लागि कोच, क्याप्टेन, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४