Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि सरकार झन कठोर बन्दै गएको छ । काजकिस्तान सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो ।

राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र नाराबाजी गर्दै आएका छन् । सो प्रदर्शनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले औंल्याएका छन् ।

सर्वसाधारणले विभिन्न शहरका सरकारी तथा निजी संरचना र भौतिक सम्पतिको तोडफोड र आगजनी गनै थालेसँगै सुरक्षाकर्मीले बल प्रयोग गरेको हो ।

यता, अमेरिका र रसियाले युक्रनसँगको तनाव कम गर्न आगामी हप्ता वार्ताको तयारी भइरहेका बेला मस्कोले काजकिस्तानमा सैन्य हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । रुसी सेनाको संलग्नता भएसँगै काजकिस्तानमा जारी रहेको हिंसा झन् बढ्न थालेको छ । हालसम्म सो हिंसामा दर्जनौ प्रदर्शनकारी र सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४