Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिमेलमा गज्जबको फिचर, यसरी आफै डिलिट हुन्छन् अनावश्यक इमेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 7.3K
    SHARES

काठमाडौं। अहिले इन्टरनेट चलाउने प्रायः सबैजसो व्यक्तिको कुनै न कुनै इमेल अकाउन्ट हुन्छ किनकी मोबाइल एपदेखि अफिसको कामसम्म सबैतिर इमेल अकाउन्ट आवश्यक पर्दछ ।

गुगलको लोकप्रिय इमेल सर्भिस जिमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सर्भिस हो । तर आम सर्वसाधारण देखि व्यवसायिक व्यक्तिहरु सम्मको रोजाईमा पर्न सफल जिमेलमा कामलाग्ने इमेलसँगै कहिलेकाही अनावश्यक तथा स्पाम इमेलहरु समेत आएर दिक्क पार्ने गर्दछन् ।

यस्ता अनावश्यक इमेलहरु तपाईको जिमेलमा पनि आइरहन्छन् भने त्यसबाट मुक्ति पाउनका लागि एउटा सजिलो उपाय छ । जिमेलमा रहेको यो फिचरको प्रयोग गर्नुभयो भने तपाइँको जिमेलमा आउने सबै अनावश्यक इमेलहरु आफै डिलिट हुनेछन् ।

हाम्रो जिमेल अकाउन्ट स्मार्टफोनका सबैजसो एपसँग लिंक्ड हुन्छ त्यसैले पनि त्यस्तो जिमेल अकाउन्टमा धेरैखालका इमेल आउनु स्वभाविके हो । कहिलेकाहीँ ठग तथा साइबर अपराधीहरुले पनि विभिन्न खाले झुक्याउने र हानिकारण इमेल पठाउने गर्दछन् ।

यस्ता स्पाम मेलहरुले जिमेलमा धेरै ठाउँ ओगटेका हुन्छन् र कहिलेकाहीँ यसकै कारण महत्पूर्ण इमेल हेर्न छुटेको हुन्छ । यस्ता स्पाम इमेलहरुबाट कसरी मुक्ति पाउने ? यसका लागि सजिलो ट्रिक छ ।

अनावश्यक इमेलहरुलाई आफसेआफ डिलिट गर्नका लागि सबैभन्दा पहिले इमेल स्टुडियो डटकम गएर आफ्नो जिमेल अकाउन्टका लागि इमेल स्टुडियो डाउनलोड गर्नुपर्दछ । त्यहाँ दिइएको प्रक्रिया अनुसार स्टुडियोलाई इन्स्टल गर्नुहोस् ।

त्यसपछि आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् । त्यहाँ दायाँतर्फ इमेल स्टुडियोको अप्सन देखा पर्दछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो जिमेल अकाउन्टको आइडी र पासवर्ड हालेर स्टुडियोमा लगइन गर्नुहोस् । त्यसपछि ड्रपडाउन मेन्यूबाट क्लिनअप को अप्सन छनोट गर्नुहोस् । त्यहाँ Add New Rule अप्सनमा जानुहोस् र त्यहाँ तपाइँलाई अनावश्यक तथा स्पाम इमेल पठाइरहने इमेल ठेगानाहरु हाल्नुहोस् र सेभ गर्नुहोस् ।

यो सँगै इमेल स्टुडियोको सहयोगमा उल्लेखित इमेल ठेगानाहरुबाट आउने अनावश्यक मेलहरुलाई हरेक हप्ता वा हरेक महिना डिलिट गर्ने बनाउन सक्नुहुन्छ । त्यसपछि तपाइँको जिमेलमा आउने अनावश्यक इमेलहरु तय गरेको समयमा आफै डिलिट हुनेछन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४