Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा २४ घण्टामा ५८ हजार बढीमा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 2.1K
    SHARES

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ ।

यस्तै थप ५३४ जना संक्रमितको मृत्यु भएको छ । भारतका कयौं राज्यमा ओमोक्रन भेरियन्ट फैलिएर संक्रमितको संख्या बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ । भारतको २३ राज्यहरुमा ओमोक्रनको १८०० भन्दा बढी केसहरु पुष्टि भइसकेको छ । दिल्लीमा मात्रै दुई हप्तायता ४५ प्रतिशत केस बढेको छ ।

यसैबीच, भारतको राजधानी नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईने भएको छ । कोरोना संक्रमण बढेका कारण लगाउन थालिएको रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाउने निर्णय गरिएको हो ।

यस्तै, निजी कम्पनीहरुलाई पनि ५० प्रतिशत कमर्चारीलाई घरबाटै काममा लगाउन भनिएको छ । अरु कयौं राज्यहरुले पनि रात्रिकालीन कर्फ्यू लगाउनुका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना हटस्पट नै बनेको महाराष्ट्रमा पनि ओमोक्रनको प्रभाव बढ्दो छ । १० हजार सक्रिय संक्रमित रहेको यो राज्यमा ५०० भन्दा बढी ओमोक्रन संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४