Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जावलाखेललाई हराउँदै थ्रीस्टार पाँचौ स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 3.9K
    SHARES

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ । ललितपुर डर्बीमा जित निकालेपछि थ्रीस्टार अंकतालिकामा पाचौं स्थानमा उक्लेको छ । जारी सिजनमा थ्रीस्टारको यो दोस्रो जित हो । थ्रीस्टारको जितका लागि आयुष घलान र ऋतिककुमार खड्काले पहिलो हाफमै गोल गरे ।जावलाखेलका लागि लगातार तेस्रो खेलमा गोल गर्ने क्रममा निकोलस फर्नान्डेजले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमै आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । २६औं मिनेटमा ऋतिकले गोल गरेपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो । पहिलो हाफमा जावलाखेलका ओनगना जुनियर र निकोलस फर्नान्डेजले गोल गर्ने अवसर गुमाएका थिए ।

जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । तर त्यसपछि गोल गर्न नसक्दा जावलाखेलको तीन खेलको अपराजित यात्रा टुङ्गिएको छ । उता पाँच खेलपछि थ्रीस्टारले पहिलो जित हात पारेको छ । थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गरेको थियो । जितपछि ७ खेलबाट १० अंक जोडेर थ्रीस्टार पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेल ७ खेलबाट ७ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४