Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जमानीमा छुटे कैदी फरार प्रकरणका जेलर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 3.2K
    SHARES

दाङ । घोराही कारागारबाट कैदी फरार प्रकरणमा पक्राउ परेका जेलर युवराज परियार जिम्मा जमानीमा छुटेका छन् ।

घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हाल सो कारागारका जेलर रहेका अमर वलीले बताए ।

‘जेलर परियारविरुद्ध मुद्धा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने, ‘आवश्यक परेको बेला उपस्थित हुने गरी जिल्ला वकिल कार्यालयको निर्णय बमोजिम जिम्मा जिमानीमा छोडिएको हो ।’

कैदी यमराज परियार फरार घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका तीन प्रहरी सहित छ जनाविरुद्ध भने जिल्ला अदालतमा अभियोग दर्ता भएको वलीले बताए ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई पुस ८ गते छालाको उपचारका लागि भन्दै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए ।

त्यहीक्रममा उनीहरु अस्पताल नगई दुई महिला सहित होटलमा छिरेका थिए । प्रहरी जवान होटलको कोठाभित्र रहेका बेला चौधरीलाई बाहिरबाट ढोका बन्द गरेर परियार मोटरसाकल नै लिएर फरार भएको प्रहरीको भनाइ छ ।

  • कैदी फरार प्रकरणमा घोराही कारागारका जेलरसहित सात जना पक्राउ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४