अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।
अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए । यसअघि नागरिक अभिन्यन्ताको तर्फबाट डा.गोविन्द केसीले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबरा र उनका नातेदारहरुको सम्पत्ति छानबिन गर्न माग गर्दे सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका थिए ।
