Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ र २ कर्मचारी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 2.2K
    SHARES

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।

हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।

  • प्रहरीले बुधबार नै बैंकका लेखा/वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पक्राउ गरेको छ ।

बैंकबाट घोटाला भएको रकमको ठूलो हिस्सा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । बैंकको रेमिट शाखाबाट ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको थियो । सो मध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ । सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको स्रोतको दावी छ । तर सो रकम त्यस खाताबाट पनि निकालिएको पाइएको छ ।

सो खाताको सञ्चालन भने सीइओ सुवेदीका फूपूको छोरा अर्थात बैंकका रेमिट शाखामा कार्यरत हिमाल भट्टराईले चलाउदै आएका थिए । भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हुन् । पारिवारिक स्रोतका अनुसार प्राइम बैंकको खाताको विषयमा बबितालाई जानकारी समेत थिएन । हिनामिनामा संलग्न भएको आरोपमा भट्टराईलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो । भट्टराई र सीइओ सुवेदी दाजूभाई (मामा–फूपूको छोरा) हुन् । बैंकबाट घोटला भएको रकम भगवती सुवेदी, साजन पोखरेल, बानी पोखरेललगायतका खातामा रकम पठाएको बैंक स्रोतको दाबी छ । उनीहरु सीईओ सुवेदीका आफन्त हुन् ।

ठूलो रकम हिनामिना भएपछि बैंकका पाँच जना कर्मचारी शंकाको घेरामा परेका छन् । सुवेदीसँगै बैंकका अरु कर्मचारीलाई पनि प्रहरीले शंकाको घेरामा राखेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी एकै जनाले मात्र यति धेरै रकम हिनामिना गर्न सम्भव नभएकाले अनुसन्धान भइरहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४