Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘स्पाइडरम्यान नो वे होम’ ले तोड्यो रेर्कड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 10.3K
    SHARES

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यन नो वे होम’ ले सबैभन्दा धेरै कमाई गर्ने नयाँ कीर्तिमान कायम गरेको छ । फिल्म प्रर्दशनमा आएको केही दिनमा नै यो फिल्मले यूएस बक्स अफिसमा ४०५.५ मिलीयन डलर कमाई गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।

द हलिउड रिपोर्टरका अनुसार यो फिल्म सोनीको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । यो फिल्मले सन् २०१७ मा आएको फिल्म ‘जुमान्जीः ओलकम टु द जंगल’ को रेकर्ड पनि तोडेको छ । ड्वेन जोन्सन–निक जोनासको ‘जुमान्जी वेलकम टु द जंगल’ सोनीको सबैभन्दा धेरै कमाउने फिल्म थियो, जसले ४०४.५ मिलियन डलर संकलन गरेको थियो ।

अब ‘स्पाइडर म्यान नो वे होम’ ले यसलाई उछिनेको छ । रिपोर्टका अनुसार स्पाइडरम्यानले पुरै विश्व भरिनै राम्रो कमाई गरिरहेको छ । यो फिल्मले अमेरिकी बक्स अफिसमा छिटै नै एक बिलियन युएस डलर कमाउने अन्दाज गरिएको छ ।

फिल्मले मानिसमा यति क्रेज बनाएको छ कि हलहरु लगातार हाउसफुल भइरहेका छन् । फिल्मको मल्टीवर्स कथाले दर्शकलाई आर्कषित गरेको पाइएको छ ।

यसमा स्पाइडरम्यानका बाँकी फिल्मका मुख्य कलाकार टोबे म्यागुइरे र एन्ड्रयु गारफिल्डको क्यामीयो रोेललाई पनि मानिसहरुले रुचाएका छन् । जेकल बटालोन ,बेनेडिक्ट कम्बरब्याच, अल्फ्रेड मोलिना जेनी फक्स र विलेम डाफो मुख्य भुमिकामा रहेका छन् । जोन वाट्सको निर्देशनमा रहेको यो फिल्मलाई सबैले मन पराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४