Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो कांग्रेस केन्द्रीय समिति बैठकमा किन आएनन् शेखर कोइराला?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 10.4K
    SHARES

काठमाडौँ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्यो। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला भने पहिलो बैठकमै अनुपस्थित रहे। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ जनालाई निर्वाचित भएको प्रमाणपत्र दिएलगत्तै देउवाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको थियो। 

कांग्रेस विधानअनुसार सभापतिमा पराजित व्यक्ति स्वत: केन्द्रीय सदस्य हुन्छ। जसअनुसार शेखरलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरिराख्नुपर्दैन।

पहिलो केन्द्रीय समिति बैठकमा आज कोइराला आएनन्। बरू उनी चितवन पुगेका छन्। केन्द्रीय समिति बैठक चल्दै गर्दा शेखर भने चितवनको देवघाटमा कोइराला सेवा समाजको नवौं महाधिवेशन सम्बोधन गर्दै थिए।

शेखरनिकट एक नेताका अनुसार कोइरालाले आज केन्द्रीय समिति बहिष्कार गरेका हुन्।  कांग्रेसमा वरीयता सम्बन्धित विवाद देखा परेको छ। कसलाई कुन वरीयतामा राख्ने भन्ने कांग्रेसमा कुनै नियम भने छैन। आफूपछि को नेतालाई वरीयता क्रममा वरिष्ठ नेतालगायत वरीयतामा स्थान दिने सभापति देउवाको व्यक्तिगत निर्णय हो। देउवाले रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्दै वरिष्ठ नेता बनाउन चाहेका छन्। पौडेल यो महाधिवेशनको प्रक्रियाभन्दा बाहिर नै रहेका थिए।

सभापतिमा दोस्रोपटक आफूलाई सहयोग गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरूङ र सभापतिमा पहिलेदेखि नै समर्थन गरेका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारीमा देउवा छन्। 

विधानमा नभएको वरिष्ठ नेताको पदमा भने रामचन्द्रलाई नै निरन्तरता दिने तयारी देउवाको रहेको उनीनिकट एक नेताले बताए। कांग्रेसमा वरियता विवाद भने आजदेखि सतहमा आएको छ। शेखरले यही वरीयता चाहिन्छ भनेर अडान भने औपचारिक रूपमा राखेका छैनन्। तर सभापति देउवा र रामचन्द्र पौडेलभन्दा पछि तेस्रो वरीयतामा शेखरलाई राख्नुपर्ने उनीनिकट नेताहरूको माग छ।

शेखरलाई १४ औं महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारीपछि १४ औं वरीयतामा राख्ने कुरा भए पनि आज उनको वरीयता २० नम्बरमा छ। अब रामचन्द्र पौडेल लगायतलाई मनोनीत गरेपछि झन् शेखरको वरीयता तल जाने सम्भावना देखिन्छ।

अहिले सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मा, आठ सहमहामन्त्रीपछि यो केन्द्रीय समितिमा रहेका पूर्वपदाधिकारीलाई राखिएको छ।

गोपालमान श्रेष्ठ,शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, सुनिलबहादुर थापा, चित्रलेखा यादव र शेखर कोइरालाको नाम वरीयता क्रममा छ।  १३ औं महाधिवेशनमा शेखरको वरीयता ३६ औं नम्बरमा थियो यद्यपि उनले सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा त्यसबेला जितेका थिए। कांग्रेसमा विगतमा पनि वरीयता क्रममा विवाद देखापर्ने गरेको थियो। सभापतिमा हारेकालाई वरिष्ठ नेता मान्ने परम्परा पनि थियो।

१३ औं महाधिवेशनमा देउवासँग सभापतिमा हारेका रामचन्द्र वरिष्ठ नेता भएका थिए। अहिले देउवासँग सभापतिमा हारेका शेखरलाई भने २० औं वरीयतामा राखिएको छ। ‘रामचन्द्र,पौडेल कृष्ण सिटौलालगायत पूर्वपदाधिकारीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेपछि अझै शेखरको वरीयता पछि पुग्छ‘ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘यो विषय पेचिलो बन्दै जाने देखिन्छ।‘

विगतमा पनि वरीयता क्रम मिलाउन दबाब दिँदै कांग्रेस नेताहरूले केन्द्रीय समिति बैठकमा नोट अफ डिसेन्टसमेत राख्ने गरेका थिए।

शेखरलाई सभापति र पदाधिकारीपछि अहिले १४ नम्बर वरीयतामा राख्ने गरी छलफल पनि गरिएको थियो। तर देउवा पक्षका नेताले त्यो स्वीकार नगरेको एक नेताले दाबी गरे।

अहिलेको केन्द्रीय समितिमा देउवा पक्षका ८२ प्रतिशतले जितेका छन् भने ३३ जना केन्द्रीय सदस्य अझै देउवाले मनोनीत गर्न बाँकी छ। शेखरको सचिवालयले भने वरीयताबारे औपचारिक जानकारी दिन मानेको छैन।  कांग्रेसको आज बसेको केन्द्रीय समितिमा पनि कसैले यसबारे औपचारिक धारणा राखेका थिएनन्।

आजको केन्द्रीय समितिले धन्यवाद ज्ञापन गर्ने, पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतलाई जिम्मेवारी दिने, राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार तयलगायतको जिम्मेवारी पार्टीमा छलफलपछि निर्णय गर्ने अधिकार सभापति देउवालाई दिनेजस्ता निर्णय गरेको छ।

कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहे पनि ३३ जना मनोनीत गर्न बाँकी छ। कोषाध्यक्ष पनि मनोनीत गर्न बाँकी छ। निर्वाचित सभापतिसहित १३४ सदस्यमध्ये आज केही अनुपस्थित रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४