Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिउँदै जीवजन्तु खाने सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स किन पछुताए ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 4.6K
    SHARES

एजेन्सी । रियालिटी टीभी सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स आफूले गर्दै आएकाे कामबाट पछुताएका छन् । रियालिटी टीभी सो म्यान भर्सेस वाइल्ड कार्यक्रममा उनले जिउँदा जिवजन्तु मारेर खाने गरेका थिए ।

उनले बीबीसीसँग कुरा गर्दै भनेका छन् ‘मैले जिउँदो जनावर मारेर खानुको सट्टा मरेका जनावरबाट आफ्नो पेट भर्नु पर्थ्याे । उनी भन्छन् ‘कार्यक्रमको सुरुवाती दिनमा पेट भर्नका लागि हामीहरुले धेरै नै जिउँदा सर्प , किरा फट्याङग्रा र जमीनमा रहेका जीवहरुलाई मारेका थियौ । अब म यो चिजहरुबाट धेरै नै टाढा भइसकेको छु ।’

उनले रियालिटी टीभी सो बाच्नलाई कसरी सघर्ष गर्ने अर्थात म्यान भर्सेस वाइल्ड भन्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनको यो कार्यक्रम संसारभर नै एक प्रसिद्ध कार्यक्रम मानिन्छ । यस कार्यक्रमबाट उनले संसारभर प्रसिद्धि कमाएका छन् । उनको यस कार्यक्रममा अमेरीकी पुर्व राष्ट्रपति बाराक ओबामादेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी भइसकेका छन् । यस कार्यक्रमले सुनसान र घना जंगलमा एक्लै कसरी बाच्न सकिन्छ भन्ने सिकाउँछ । यस कार्यक्रमका सहभागीले खान र बस्नको लागि गरेको सर्घष देख्न सकिन्छ । उनीहरुले खान र पिउनको लागि पानी समेत नपाएपछि जंगलमा जंगली फल र सर्प, बिच्छी जस्ता कुराहरुलाई मारेर खाएको देख्न सकिन्छ ।

तर अब उनले कार्यक्रममा मरेका जनवारलाई मात्र प्रयोगमा ल्याउने बताएका छन् ।कार्यक्रम सञ्चालनको बेलाको अनुभव सुनाउदै ग्रिल भन्छन् ‘मैले शाकाहारी मानिसबाट धेरै नै प्रेरणा प्राप्त गरेको छ । जसले मलाई सोच्न बाध्य बनायाे ।’ उनको कार्यक्रममा गएका शाकाहारीहरुले उनलाई मासु खानेबारे सोच्न बाध्य बनाए । उनी भन्छन् ‘मैले धेरै शाकाहारी स्टारहरुलाई जंगलमा लगेको छु । त्यो मेरो लागि एउटा सुन्दर अनुभव हो । उनीहरुप्रति म सधैँ सम्मान राख्ने छु ।’

ग्रिल्सको अर्काे टिभी साे इन्टु द वाइल्ड विथ बेयर ग्रिल्समा थुप्रै भारतीय कलाकारहरु समेत सहभागी भएका छन् । भारतीय अभिनेता अक्षय कुमार, रजनीकान्त, अजय देवगन, विक्की कौशल आदि अभिनेताले सहभागीता जनाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४