जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भएको छ । बिहान ९ बजेर ४० मिनेटमा सुरु भएको मतदान राति ८ बजे सम्पन्न भएको हो ।
बजेसम्म १९३८ मध्ये १८८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार धनुषा र महोत्तरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ एवम् बारा र पर्साको बुथमा ४६८ मत खसेको छ ।
राति ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने निर्वाचन समितिका सदस्य जानकारी दिए ।
निर्वाचनमा १,८८१ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । समितिका अधिकृत प्रल्हाद गौतमका अनुसार कुल १९५१ मतदाता थिए ।
कांग्रेस प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा समुहबाट कृष्ण राय यादव र नेता बिमलेन्द्र निधि तथा शेखर काेइरालाकाे संयुक्त समुहबाट रामसराेज यादवले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।
![]()