Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२ अंकले बढेर बन्द भयो शेयर बजार, साढे चार अर्बको कारोबार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि लगातार जसो घटिरहेको शेयर बजार राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै लगातार बढिरहेको छ ।

मंगलबार र बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ । कारोबार संख्या र रकम पनि बिहीबार राम्रै देखिएको छ । दिनभर भएको कारोबारबाट ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने बिहीबार स्थिर जस्तै देखियो । जम्मा ०.०२ प्रतिशतले मात्रै वृद्धि भएर सेन्सेटिभ हरियो देखिएको छ । मंगलबार जस्तो धेरै कम्पनीहरुको शेयर मूल्य बिहीबार भने बढेन । हाइड्रोपावर, विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । उता बैंकिङ, व्यापार, होटल तथा पर्यटन, लघुवित्त, जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

बिहीबार धेरै शेयर मूल्य बढ्नेमध्ये पहिलो नम्बरमा शिखर इन्स्यारेन्स देखिएको छ । शिखरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर १ हजार ६ सय ८८ रुपैयाँमा पुगेको छ । दोस्रो नम्बरमा भने बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जीवन विकास लघुवित्त देखिएका छन् । उता धेर घट्नेहरुको सूचीमा भने गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंक र हिमालयन उर्जा विकास कम्पनी अग्रपंक्तिमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४