Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम सुरक्षित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 2.6K
    SHARES

बैतडी,। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा सुरक्षित भएको छ ।

बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पन्छाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र ५६ रन जोड्न सक्यो । उसका साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन् । सुदुरपश्चिमका लागि कविता जोशी, लक्ष्मी साउँदले समान २÷२ र इश्वरी विष्टले १ विकेट लिइन ।

त्यसअघि फाप्ला खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनाएको थियो । जसमा बिन्दु रावलले नटआउट अर्धशतकीय पारी खेल्दै ५० रन जोडिन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३÷१३ रन बनाइन् । प्रदेश २ का लागि विमला मगरले २,साना प्रविन, अनुराधा चौधरीले एक÷एक विकेट लिइन्। सुदूरपश्चिमकी विन्दु रावल ओम्यान अफ द म्याच भइन ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन भएको प्रतियोगिता पुस ११ गते सकिने छ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरि खेलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४