Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक, न्यायाधीश कार्की नजाने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 2.1K
    SHARES

काठमाडौं, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।

आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीशले बुधबार बैठक बोलाउनुभएको हो ।

गत असोजमा भएको जिल्ला न्यायाधीशहरुको रिजल्ट प्रकाशित गर्नेबारे छलफल गर्न बैठक बोलाइएको हो । जिल्ला न्यायाधीशको १८ पदका लागि असोज १२ देखि १७ गतेसम्म आयोगले परीक्षा लिएको थियो ।

परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ । प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, महान्यायाधीवक्ता, लोक सेवा आयोगका अध्यक्ष सदस्य रहने बताइएको छ ।

यसैबीच आयोगका सदस्य रहेका वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने सो बैठकमा सहभागी नहुने बताउनुभएको छ । उहाँले प्रधानन्यायाधीश राणाविरुद्ध लामो समयदेखि आन्दोलन गरिरहेकाले उहाँले बोलाएको बैठकमा सहभागी हुन नसक्ने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४