Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यसूचीमै प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 10.4K
    SHARES

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ ।

दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटक–पटक आग्रह गर्नुभएको थियो ।

तर, एमाले सांसदहरूले त्यसलाई नमानेर अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको हो ।

राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताउनुभएको थियो । सर्वदलीय बैठक बोलाउँदा देखावटी काम भएको उहाँको भनाइ छ ।

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराउनुभएको थियो ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४