Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियामा इलको सम्झनामा ११ दिने शोक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 7.1K
    SHARES

एजेन्सी । उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं स्मृति दिवसको अवसरमा ११ दिनसम्म शोक घोषणा गरिएको छ ।

११ दिने अवधिभर उत्तर कोरियाका नागरिकलाई हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध लगाईएको छ । त्यति मात्र नभई यो अवधिमा कसैको मृत्यु भएमा रुन समेत रोक लगाइएको छ भने राष्ट्रिय शोक अवधि सकिएपछि मात्र शव घरबाट निकाल्नु पर्ने उर्दी जारी गरिएको बीबीसीले जनाएको छ ।

यस्तै शोक अवधिमा कसैको जन्मदिन मनाउन समेत प्रतिबन्ध लगाइएको छ । किम जो‍ङ इलको सम्मानमा पूरै देशले उनलाई शान्तिपूर्ण श्रद्धाञ्जली दिने छ ।

सवारी साधनलाई हर्न बजाउन निषेध गरिएको छ । किम जोङ इलको मृत्यु २०११ डिसेम्बर १७ मा भएको थियो । उनको मृत्यु भएको दुई दिनसम्म आधिकारीक घोषणा समेत गरिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४