बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए।
घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।
